काठमाडौं–युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलम लन्डनको स्थानीय हैम्पशायर होग्स क्रिकेट क्लबलाई पराजित गरेको छ ।


ADVERTISEMENT


हैम्पशायर होग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले युरोप भम्रणमा विजयी सुरुवात गरेको हो । ब्याटिङमा कप्तान पारस खड्का र बलिङमा ललितनारायण राजवंशी चम्कँदा लन्डनको स्थानीय हैम्पशायर क्लबमाथि सानदार जित हात पारेको थियो । नेपालले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको होंग्सले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रनमात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


कप्तान पारसले डेढ सय रनको उत्कृष्ट पारी खेलेपछिे नेपाललाई पाँच विकेटसहित उत्कृष्ट स्पेल गर्दै ललितले सानदार जित दिलाएका थिए । ललितले १० ओभर बलिङ गर्दै ४ ओभर मेडन राखेर ३४ रन खर्चदै ५ विकेट लिएका थिए । यस्तै सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए भने करण केसीले १ विकेट हात पारे। होग्सका ह्यारी फिसरले ३३ तथा टिम बाउचरले २२ रन जोडेका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले लण्डनको स्थानिय होग्स क्रिकेट क्लबविरुद्ध निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो ।

कप्तान पारसले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन जोडेका थिए । सो क्रममा पारसले १९ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै रोहित पौडेलले ४४ रन जोडेका थिए । जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँगको त्रिकोणात्मक टी–२० र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका लागि नेपाल लन्डनमा अभ्यास खेल खेलिरहेको छ ।