बुटवल– भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ ।


ADVERTISEMENT


उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो ।


ADVERTISEMENT

# # #


आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संरक्षणमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालकको आफन्तसमक्ष पु¥याउन सहयोगका लागि सबैमा अपिलसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताएका छन् । रासस