काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।


ADVERTISEMENT


सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएका नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।


ADVERTISEMENT

# # #


सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएको विज्ञप्तिमा उल्लेख छ ।