काठमाडौं– मौसममा आएको गडबडीसँगै आज पश्चिम नेपालका केही साना नदीहरूमा बहाव बढ्ने र अचानक बाढी आउन सक्ने सम्भावना रहेको छ ।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) मुख्य नदीहरुमा बहाव सामान्य हुने अनुमान गरे भोलि पुर्व तर्फका नदीहरूमा बहाव बढ्दो क्रममा हुने अनुमान गरेको छ ।


ADVERTISEMENT

# # #


विभागले आज पच्चिम र मध्य पश्चिम नेपालका चुरे र पहाडबाट बहने केही साना नदी जलाधारको केही स्थानहरूमा भारी वर्षा भई एक्कासि बाढी आउन सक्ने बताएको छ । यसका लागि नदी आसपासका बासिन्दालार्इ सतर्क रहन विभागले आग्रह समेत गरेको छ ।