काठमाडौँ– विवेकशील साझा पार्टीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा माग गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै बंगलादेशमा पढ्न गएका नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्री तामाङको राजीनामाको माग गरेको हो ।


ADVERTISEMENT


चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको मुद्दालाई सरकारले गम्भीरताका साथ सम्बोधन गर्ने अपेक्षा गरिएका बेला कानुन मन्त्री तामाङ र मेडिकल सञ्चालकको भनाईप्रति घोर भत्सर्ना गरेको छ ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा भनिएको छ, ‘कानुनमन्त्री तामाङ र सत्तापक्षीय शीर्ष नेतासंग निकट एक मेडिकल कलेज व्यवसायीले बंगलादेशमा अध्यनरत नेपाली छात्राहरूबारे गरेको निकृष्ठ र आपत्तिजनक अभिव्यक्तिको विवेकशील साझा पार्टी घोर भत्सर्ना गर्दछ।’

यस्ता किसिमका अभिव्यक्तिले नेपाली महिलाको अस्मिता र चरित्रमा गंभिर आघात पुर्याएको भन्दै सम्मानजनक जनमत पाएको लोकतान्त्रिक सरकारका एकजना मन्त्रीले गरेको त्यस्तो अक्षम्य टिप्पणी उनलाई पदबाट तुरून्त वर्खास्त गर्न पर्याप्त रहेको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार : बंगलादेशमा पढ्न गएका नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिप्रति कानुनमन्त्रीले मागे माफी

विवेकशील साझाले प्रधानमन्त्री केपी ओलीसँग मन्त्री तामाङलाई तुरून्त पदमुक्त गर्न माग गर्दै उनीजस्तै अभिव्यक्ति दिने मेडिकल व्यावसायीलाई पनि प्रचलित कानुन अनुसार कारबहीको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

यसअघि शुक्रबार मन्त्री तामाङले राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको’ बताएका थिए। उनले ‘डाक्टर पढ्न बंगलादेश जाने छोरी–चेलीबारे आज म कथा खोल्छु’ भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन् ।