काठमाडौँ– विगत २३ दिनदेखि मेडिकल शिक्षा सुधारका विषयमा अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको माग तत्काल पुरा गर्न मिडियाका सम्पादकहरुले माग गरेका छन्।


ADVERTISEMENT


आइतबार टिचिङ अस्पताल पुगेर डाक्टर केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै सम्पादकहरूले डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि गरिरहेको आवरण अनसन लम्बिएकोप्रति चिन्तित भएको बताएका छन्।


ADVERTISEMENT

# # #


यसअघिका सबै मुख्य दलहरूका सरकारले मागमा सहमति गरे पनि कार्यान्वयन नगरेका कारण सत्याग्रहको शृंखला १५औं पटकसम्म पुगेको ऐक्यवद्धता पत्रमा भनेका छन्।

उनीहरूको संयुक्त पत्रमा भनिएको छ, ‘यसले गर्दा पटकपटकको अनसन र लम्बिएको उपक्रमले डा. केसीको जीवननै संकटमा परेको बताएका छन्।’

‘हामी डाक्टर केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँछौ। साथै उहाँको माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्दछौ,’ प्रमुख मिडियाका १४ जना सम्पादकले संयुक्त ऐक्यवद्धतामार्फत भनेका छन्।