काठमाडौँ– नेपाल चिकित्सक संघले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति अत्यन्तै क्रुर र अमानवीय रहेको बताएको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती जारी गर्दै संघले बंगलादेशमा पढ्न गएका नेपाली छात्राका बारेमा मन्ती तामाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामाको माग गरेको छ ।


ADVERTISEMENT

# # #


संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कानुन मन्त्री शेर बहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षाको अध्ययन गर्ने नेपाली महिलाहरुमाथि सार्वजनिक समारोहमा प्रयोग गरिएको अत्यन्तै अमानवीय क्रुर अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघ घोर आपत्ती प्रकट गर्दछ ।’ यस्तै संघले यस्ता अभिव्यक्तिको जति निन्दा गरेपनि कम हुने बताएको छ ।

सम्बन्धित समाचार :  बंगलादेशमा पढ्न गएका नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिप्रति कानुनमन्त्रीले मागे माफी

यस्ता अभििव्यक्तिले विद्यार्थीहरु र उनीहरुका अभिभावकलाई पर्न सक्ने सामाजिक र मानसिक असरप्रति मन्त्रीले नैतिक जिम्मेवारी लिदै आफ्नो पदबाट राजीना दिनुपर्ने संघले माग गरेको छ ।