काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित १२औँ शैक्षिक मेलामा चार दिनमा एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।


ADVERTISEMENT


विशेष गरी वैदेशिक रोजगारीमा जान चाहने विद्यार्थी र अभिभावक लक्षित गरी आयोजना गरिएको शैक्षिक मेलामा इक्यानको लक्ष्यअनुरुप एक लाख अवलोकनकर्ता भित्र्याउन सफल भएको इक्यान मेला संयोजक दीपकराज भुसालले बताए।


ADVERTISEMENT

# # #


“विगतका मेलाभन्दा यस वर्षको मेला उल्लासपूर्णरुपमा सफल भयो”, उनले भने । इक्यान मेलाबाट आफूले थुप्रै जिज्ञासा मेटाउने अवसर पाएको मेलामा सहभागी शिवानी केसीले बताइन् ।

“नेपालमा बिएस्सी नर्सिङ सकिएपछि अष्ट्रेलिया जाने सोचमा छु, यसबाट पछि कहाँ गएर तयारी कक्षा लिने भन्नेमा ढुक्क छु”, उनले भनिन्। अर्का टोखाका राजन लामिछाने पनि छोरीलाई जापान पठाउने सोचमा छन् । इक्यानमा आएपछि ठगिनबाट बच्न यस्ता मेलामा सहभागी बन्नुपर्ने बताए ।

विशेषगरी विद्यार्थीलाई सही परामर्श दिने उद्देश्यले नै शैक्षिक मेलाको आयोजना गरिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।