काठमाडौं–पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई रावलपिन्डीको अडियाला जेलमा ‘बी’ क्लासको सुविधा त दिइएको छ तर उनलाई त्यस्ता मामूली सुविधा दिइएको छैन जो उनी चाहन्छन् । भ्रष्टाचार मामलामा दोषी पाइएपछि जेलभित्र रहेका नवाज शरिफले यसबारे आफ्ना ती नजिकका आफन्तलाई भनेका छन् जसले हालै उनलाई भेटेका थिए ।


ADVERTISEMENT


नवाज शरिफ, उनकी छोरी मरियम नवाज र ज्वाईं अवकाशप्राप्त क्याप्टेन मोहम्मद सफदरलाई एकै जेलमा त राखिएको छ तर उनीहरुलाई एक अर्कासँग सन्देश दिने कुनै अनुमती छैन । अडियाला जेलका एक अधिकारीले नाम नबताउने शर्तमा बीबीसीसँग नवाज शरिफबारे जानकारी दिएका छन् । उनका अनुसार नवाजले जेलका अधिकारीकारीसँग केही लेख्नका लागि कागज र कलम मागेका छन् तर जेल अधिकारीले यी सामग्री उपलब्ध गराउन अस्विकार गरेका छन् ।


ADVERTISEMENT

# # #


अधिकारीका अनुसार डेप्युटी सुपरिटेन्डेन्ट स्तरका दुई अफिसरले यसबारे नवाज शरिफसँग भेटघाट पनि गरेका छन् र आफूसँग विशेषाधिकार भएता पनि कागज र कलम उपलब्ध गराउने नसकिने स्पष्ट पारे । यसअघि पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानी, जावेद हाशमी र शेख रशिदलाई जब विभिन्न अदालतद्वारा सजायँ सुनाइयो तब उनीहरुले त्यतिबेला किताब पनि लेखे । यसका लागि कागज–कलम एवं अन्य सामग्री जेल प्रशासनबाटै पाएका थिए ।

अधिकारीमाथि निगरानीः
अडियाला जेलका अधिकारीका अनुसार जेलका वरिष्ठ अधिकारीसँग काम गर्ने अर्दलीहरुलाई पनि परिवर्तन गरिएको छ जबकी जेल अधिकारीको आवागमन बाहेक उनीहरुको मोबाइल फोनमा पनि निगरानी राखिएको छ । यसको उद्देश्य उनीहरु आफ्नो ड्युटी सिद्धाएपछि कसलाई भेट्छन् र कोसँग कुरा गर्छन् भन्ने जानकारी प्राप्त गर्नु हो ।

अधिकारीका अनुसार पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई सहाला रेष्ट हाउसमा स्थानान्तरित गर्न प्रस्ताव राखिएको थियो तर उनीहरु जता बसेपनि आफूहरु सँगै बस्ने भन्दै उक्त प्रस्ताव अस्विकार गरेका थिए ।

अधिकारी भन्छन्, ‘बी क्लासको सुविधा केही हदसम्म पूर्व प्रधानमन्त्रीलाई त प्रदान गरिएको छ तर मरिमय नवाज र उनका श्रीमानलाई भने यस्ता सुविधा दिइएको छैन ।’

बिग्रिएको रंगिन टेलिभिजन दिइयोः
अधिकारीका अनुसार नवाजलाई दैनिक रुपमा पढ्नका लागि पत्रपत्रिका दिइन्छ । यद्यपी, जेल प्रशासनसँग कुन पत्रिका दिने र कुन नदिने अधिकार हुन्छ ।

नवाज शरिफलाई शनिबार भेट्ने वकिलको समूहमध्येका एक वकिलले बीबीसीसँगको कुराकानीमा भने, ‘जेल प्रशासनले उनलाई एउटा टेलिभिजन त दिएका छन् जुन भन्नका लागि त रंगिन टिभी भनिन्छ तर न त यसको रंगबारे थाहा हुन्छ न नै यसमा कुनै च्यानल नै आउँछ ।’

ती वलिक अनुसार नवाजले जेल अधिकरीलाई टेलिभिजनमा केही नआउने बताएपछि त्यसको ट्युनिङ गरेपछि दुईवटा च्यानल मात्र आए जसमध्ये एक पिटिभी होम थियो भने दोस्रो पिटिभी स्पोर्टस् ।

उनले थपे, ‘जब नवाजले कुनै अरु च्यानल पनि छ भन्ने प्रश्न सोध्दा अधिकारीले दुईवटा च्यानलको अनुमति मात्र भएको बताए ।’ पूर्व प्रधानमन्त्रीले आफूलाई टेलिभिजनको स्क्रिनका कारण आफ्नो आँखालाई प्रभावित हुनसक्ने बताएको जानकारी दिए ।

पिटिभी होममा केही ड्रामा, खाना बनाउने कार्यक्रमबाहेक केही धार्मिक कार्यक्रम पनि देखाइन्छ ।