काठमाडौं–इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


ADVERTISEMENT

# # #


पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ । फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए ।

कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जेन्टिनाका एञ्जल डि मारिया र गोन्सालो गुइडेसलाई बेच्ने तयारी पनि थालेको छ ।

यदि चेल्सीले राखेको मूल्यमा कान्टे पिएसजी भित्रिए उनका लागि खर्चिएको रकम क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ ।

रियल म्याड्रिडले ९९ मिलियन युरोमा रोनाल्डोलाई युभेन्ट्समा बेचेको थियो । क्रिस्टियानो रोनाल्डोलाई बेचेपछि रियल म्याड्रिड हजार्डलाई आफ्नो क्लबमा भित्र्याउने अभियान थालेको छ ।