जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय टोली जुम्ला अस्पतालमा भएको घटना छानबिन गर्न पुगेको हो । अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् भने प्रहरीले गोली नचलाएको दाबी गर्दै आएको छ । अस्पतालभित्रै प्रहरीले लाठीचार्ज गर्दा दुई दर्जन बढी चिकित्सक र विद्यार्थी घाइते भएका थिए घटनामा तीन जना प्रहरी पनि घाइते भएका थिए । एक प्रहरी भने गोली लागेर गम्भीर घाइते भएका थिए । उनको काठमाडौंमा उपचार जारी छ । घटनाका कारण अस्पतालका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।