विराटनगर– विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् ।


ADVERTISEMENT


सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र पठाएको छ । करीब आठ घरपरिवार सो स्थानमा लगभग ३० वर्षदेखि बस्दै आएका छन् भने उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेको पीडितले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उचित बासको व्यवस्था नगरी घरटहरा हटाउन पठाएको निर्देशनले मानसिक तनाव बढेको र संविधानले दिएको नागरिकको आवासको अधिकार हनन भएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

पीडित हसिना खातुन, मो साहाजाद, मो जमिल, मो एकदिल, मो रियाज, मो झांगिर, फारुक खां र सोमनी कामतले एकै स्वरमा हामीलाई वडा कार्यालयले अन्याय गर्नु हुँदैन भन्दै आवाज उठाए ।

श्रीनगर टोल संगठनका अध्यक्ष लक्ष्मी खड्काले पीडितलाई उचित व्यवस्थापन नगरी वडा कार्यालयको एकल निर्णय प्रजातान्त्रिक नभएको बताए । रासस