काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्ना मातहतका निकायलाई बजेट उपलब्ध नगराउदा सबै काम ठप्प भएको छ ।


ADVERTISEMENT


बजेट सार्वजनिक हुन नसक्दा सबै विभाग, महाशाखा र योजनाका काम ठप्प भएको छ ।


ADVERTISEMENT

# # #


गएको असार २७ गते महानगरको तेश्रो अधिवेशनको दोश्रो नगरसभामा कामपाले ७ वटा विषयगत क्षेत्रमा १३ अर्व २ करोड १२ लाख ३७ हजार रुपियाको बजेट सार्वजनिक गरेको थियो ।

नगर सभामा सार्वजनिक भएको बैठक महानगरका विभागमा पुग्न नसक्दा योजना कार्यान्वयन गर्नमा गम्भीर समस्या उत्पन्न भएको छ । योजना स्वीकृत गर्न फाइल आउछन, कुन शीर्षकमा कति बजेट परेको छ जानकारी नै छैन–एक विभागीय प्रमुखले भने । – आजको नेपाल समाचारपत्रबाट