काठमाडौं– सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।


ADVERTISEMENT


नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ ।


ADVERTISEMENT

# # #


यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ ।

विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ । – आजको कान्तिपुरबाट