काठमाडौँ– चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा डा. केसीका प्रतिनिधि र सरकारी टोलिबीच भएको वार्तामा सहमति जुटेको हो ।


ADVERTISEMENT


केसीको मागको सम्बोधनका लागि सरकारले ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विध्येयकमा संशोधनसहित दर्ता गरिने सहमति भएको छ । वार्तामा जुटेको सहमतिसंगै सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । यस्तै सहमतिपछि आजै मन्त्रीपरिषद्को बैठक बस्नेछ भने डा. केसीको अनसन पनि आजै तोडिने सम्भावना रहेको छ ।


ADVERTISEMENT

# # #


वार्ता टोलिमा सहभागी डा. केसी पक्षका अधिवक्ता सुरेन्द्र भण्डारी सहमतिमा भएको बुँदालाई लिएर डा केसीलाई देखाउन अनसनस्थल गइसकेका छन् । डा केसीले ती सहमतिका बुँदामा सर्मथन गरेमा मात्रै अन्तिम टुंगो लाग्ने अधिवक्ता सुरेन्द्र भण्डारीले बताएका छन् ।

यदि डा केसीले उक्त सहमतिमा समर्थन नगरेमा आजै फेरि वार्ता बस्ने उनले बताए । सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।