काठमाडौं– लामो समय स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो ।


ADVERTISEMENT


त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातारजासो बैठक अवरुद्ध गरेपछि बस्न सकेको थिएन ।


ADVERTISEMENT

# # #


डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसन थालेपछि काङग्रेसले सोही माग पुरा नगरुनजेल बैठक अवरुद्ध गर्ने घोषणा गरेअनुसार बैठक चल्न दिएको थिएन ।

यसैवीच आजको संसद बैठक चल्न दिने काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेस नेता डा. नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने बताए ।