राजविराज– सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा आफ्नै बहीनीलाई बलात्कार गरी हत्या गरेको घट्ना सेलाउन नपाउँदै पुनः त्यस्तै प्रकृतिको घटना जिल्लाको कंचनरुप नगरपालिकामा भएको छ । फरक यतिमात्र छ । खडक नगरपालिकामा २२ वर्षिय दाजुले १२ वर्षिया बैनीको बलात्कार गरी हत्या गरेका थिए भने कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई विगत एक महिना देखी बलात्कार गरिरहेको खुलेको छ । पटक पटकको बलात्कार पछि सिकिस्त विरामी परेकी पीडीत बालिकालाई अस्पताल भर्ना गराईएपछि बलात्कार भएको खुलासा भएको हो ।


ADVERTISEMENT


कंचनरुप नगरपालिका–८ की पिडीत बालिकाको धरान स्थित विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार र स्वास्थ परिक्षण गराई शुक्रवार घर ल्याईएको छ । पिडित बालिकाको बयान र आमाबुवाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफनै काका २५ वर्षिय गजेन्द्र साह सोनारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा मुदा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरिक्षक प्रतिक विष्टले बताए ।


ADVERTISEMENT

# # #


प्राप्त घटना विवरण अनुसार आमाबुवा दिनभर ब्यापार व्यवसायको शिलसिलामा कंचनरुप स्थित हाटबजारमा जाने गर्थे । यो उनीहरुको दैनिकी थियो । यसरी दिनभर बजार रहदा ७ वर्षिया छोरी घरमा एक्लै रहने भएकाले सुरक्षा र संरक्षणका लागी बुवा साहले आफनै सहोदर भाई गजेन्द्रलाई रेखदेख गर्न जिम्मेवारी दिएका थिए । सहोदर भाई भएकाले आफनो अनुपस्थितीमा छोरीको सुरक्षा हुने उनको विश्वास थियो । तर विश्वासघात भयो । – आजको नेपाल समाचारपत्रबाट