एजेन्सी– रुसमा भएको विश्वकपबाट चर्चामा आएको फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी)को ७ को नम्बर जर्सी लगाउने भएको छ । बिहीबार एमबाप्पेलाई ७ नम्बरको जर्सी दिने घोषणा गरेको हो । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे ।


ADVERTISEMENT


अघिल्लो सिजनमा पिएसजीको ७ नम्बरको ब्राजिलियन विङ्गर लुका माउराले लगाउँथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् ।


ADVERTISEMENT

# # #


‘जर्सी नम्बर कति लगाउने भन्नेलाई मैले कहिल्यै महत्व दिइन । मैदानमा कस्तो खेलिन्छ त्यो बढी महत्वपूर्ण हो,’ १९ वर्षे एमबाप्पले भनेका छन्,‘ तर, पनि जर्सी नम्बरले तिम्रो लक्ष्य प्रष्ट पार्दछ । तिमित कस्तो बन्न चाहन्छौं त्यो बताउँछ । ’

क्रिस्टियानो रोनाल्डोको फयान रहेको बताउदै एमबाप्पले भने,‘ ७ नम्बर महान नम्बर भइसकेको छ । थ्रुपै राम्रा खेलाडीले यो जर्सी लगाएका छन् । मलाई लाग्छ राम्रो प्रदर्शनले म पनि यो जर्सीको महत्वलाई राख्ने छु । म आफुलाई अझै सुधार गरेर खेल्ने प्रायस गर्नेछु ।

फ्रान्सका १९ वर्षीय स्ट्राइकर एमबाप्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए । एमबाप्पे फुटबलका यति धेरै क्रेजी थिए कि ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यतिबेला नै उनको प्रतिभाको कदर गरिसकेको थियो ।