तम्घास– गुल्मीको तम्घासमा सेवाग्राहीसंग एक लाख रुपियाँ घुस लिदै गरेको अवस्थामा तम्घास –सिमलटार– प्यूठान सडकखण्डका सब–इन्जिनियर प्रकाश झाँ रंगेहात पक्राउ परेका छन् ।


ADVERTISEMENT


तम्घास –सिमलटार– प्यूठान सडकखण्ड निर्माणमा सेवाग्राहीसंग सडक निर्माणको रनिङ बिल पास गरेपाबत एक लाख घुस लिदै गर्दा अख्तियार दुरपायोग आयोगका टोलीले झाँलाई पक्राउ गरिएको छ ।


ADVERTISEMENT

# # #


सव–इन्जिनियर झाँले घुस बापत लिएको एक लाख रुपियाँ नगद सहित झाँलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । झाँलाई क्षेत्रिय कार्यालय बुटवलबाट खटिएको अख्तियारका टोलीले उनकै निवासबाट पक्राउ गरिएको हो ।