काठमाडौँ– नेपालले नेदरल्यान्ड्सको राष्ट्रिय टिम र इङल्याण्डको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)सँग आज क्रिकेटको ‘मक्का’ मानिने लर्डस् मैदानमा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज वर्षाका कारण प्रभावित बनेको छ ।


ADVERTISEMENT


नेपाली समय अनुसार दिउँसो २ ४५ बजे सुरु हुने भनिएको खेल पानी आउने रोकिने क्रम जारी भएपछि प्रभावित बनेसंगै खेल ६६ ओभरमा घटाइएको छ । पहिलो खेल


ADVERTISEMENT

# # #


नेदरल्याण्डले एमसीसीसंग खेल्दैछ भने दोस्रो खेलमा नेपालले एमसीसीसंग खेल्नेछ । यी दुबै खेल ६६ ओभरका हुनेछन् । यस्तै अर्को तथा अन्तिम खेल नेपाल र नेदरल्याण्डबीच नेपाली समयअनुसार राती सवा १० बजे हुनेछ । अगाडीका दुई खेल ६ ओभरमा झारिएपनि यो खेल भने पूरै २० ओभरको हुनेछ ।

नेदरल्यान्डसंगको यो खेललाई क्रिकेटको सर्वोच्च संस्था आइसीसीले टी–२० अन्तर्राष्ट्रियको मान्यता दिइसकेको छ ।

नेपाल र नेदरल्याण्ड सन् २०१५ पछि पहिलो पटक टी–ट्वान्टी फम्र्याटमा भिड्दैछन् । जतिबेला नेपालले आयोजक नेदरल्याण्डसंग चार खेलमध्ये तीनमा हार ब्यहोरेको थियो । यो सिरिज नेपालको लागि एकदिवसीय मान्यता पाइसकेपछिको पहिलो टी–ट्वान्टी खेल हुनेछ ।

२०१५ मा न्यूजिल्याण्डमा भएको टी–२० विश्वकप छनोटमा १४ देशमध्ये १२ औँ भएपछि टी–२० अन्तर्राष्ट्रियको मान्यता गुमाएको थियो । नेपालले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल त्यही प्रतियोगितामा पपुवा न्यू गिनीसंग खेलेको थियो । जुन खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।

तर, नेपालले गत मार्चमा सम्पन्न विश्वकप छनोटमा उत्कृृष्ट तीन एसोसियट राष्ट्रभित्र परेपछि पहिलो पटक एक दिवसीय मान्यतासंगै टी–२० अन्तर्राष्ट्रियको मान्यता पनि पाएपछि तीन वर्षपछि लर्डस् मैदानबाट पुनरागमन गर्न लागेको हो ।

यसअघि नेपालले सन् २०१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा भएको अवसरमा यही मैदानमा पहिलो पटक सेतो जर्सीमा एकदिवसीय खेल खेल्ने मौका पाएको थियो । जुन खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।

यस्तै नेदरल्याण्ड लर्डस् मैदानमा २००९ पछि पहिलो पटक उत्रिँदैछ । उसले त्यतिबेला आइसीसी वल्र्ड ट्वान्टी ट्वान्टीको खेलमा इङल्याण्डलाई चार विकेटले हराएको थियो ।

इंग्ल्यान्ड टुरमा रहेको नेपाली क्रिकेट टिमले त्रिकोणात्मक सिरिजलाई लक्षित गर्दै ४ आभ्यास खेल खेलेको थियो । जसमा २ टि–ट्वान्टी र २ एक दिवसीय फम्र्याटको अभ्यास खेल खेलेको थियो । जसमा ३ खेलमा जित र एक खेलमा पराजित भएको थियो ।

यस्तै नेपालले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक सिरिज खेलिसकेपछि नेदरल्यान्डसँग उसैको भूमिमा २ खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सको लागि ऐतिहासिक सिरिज मानिएको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् ।

साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।