एजेन्सी– इजराइली सैनिकलाई थप्पड हान्ने प्यालेस्टाइनी युवतीलाई आठ महिनापछि जेलमुक्त गरिएको छ । अहद तमिमि नामकी यी युवतीले इजराइली सैनिकलाई थप्पड हानेको भिडियो निकै भाइरल भएको थियो । उनलाई वेस्ट बैंकबाट पक्राउ गरिएको थियो ।


ADVERTISEMENT


गत वर्ष सार्वजनिक भएको भिडियोमा अहद तमिमिलाई नबी सालेहस्थित उनको घर बाहिर इजराइली सेनालाई थप्पड र लात हानेको देखिएको थियो । प्यालेस्टिनीहरुका लागि उनी प्रतिरोधको प्रतिक बनिसकेकी छिन् तर केही मानिसका अनुसार उनी जबर्जस्ती चर्चा चाहने युवती हुन् ।


ADVERTISEMENT

# # #


जेलबाट रिहा भएपछि घर जाने क्रममा उनलाई शहरका शुभचिन्तकले घेरेका थिए । भीडलाई सम्बोधन गर्दै अहदले भनिन्, ‘जबसम्म हाम्रो शहरबाट कब्जा हटाइन्नँ तबसम्म प्रतिरोध जारी रहन्छ ।’

उनलाई गत डिसेम्बरमा इजराइली सेनाले पक्राउ गरेको थियो । तब उनी १६ वर्षकी थिइन् । उनीमाथि सैनिकमाथि हमला, ढुङ्गा फ्याँकेको र हिंसा भड्काएका १२ आरोप लागेका थिए ।

गत मार्चमा उनले हिंसा भड्काएको र हमलाको आरोपलगायत चार आरोप स्विकार गरेकी थिइन् । भाइरल भएको उनको भिडियो सन् २०१७ डिसेम्बर १५ तारिखमा उनकी आमाले बनाएकी थिइन् जसमा उनको घरबाहिरको सडकमा दुई सैनिक उनीमाथि चिच्याइरहेका छन् र धक्का दिइरहेका छन् ।

यो घटना भिडियोको रुपमा नरिमन तमिमीको फेसबुक प्रोफाइलमा अपलोड गरिएको थियो । कुटाकुटको यो भिडियो थुप्रैले हेरे । फुटेजमा उनी एक सैनिकलाई लात हानेर उनको गालामा थप्पड हानेको देखिन्छिन् र अर्का सैनिकलाई पनि कुट्ने धम्की दिन्छिन् ।

अहद तमिमिले प्रि–ट्रायल सुनुवाईमा त्यसदिन रबर बुलेटले उनका १५ वर्षीय काकाको छोरा मोहम्मदको टाउकोमा गोली हानेको देखेपछि आफूले सैनिकमाथि हमला गरेको बताइन् ।

इजराइली सेनाका अनुसार उनीहरुले विरोध प्रदर्शन रोक्नका लागि तमितिलाई घर पठाउनु परेको थियो । पछि सेनाले मोहम्मद बाइकबाट लडेका कारण चोट लागेको जानकारी दिए ।

घटनापछि इजराइलकी शिक्षामन्त्री नफ्ताली बेनेटले उनको ‘जीवन जेलमा नै समाप्त होस्, उनी यसैको लायक छिन्’ भनिन् ।

थुप्रै इजराइली नागरिकले अहम तमिमिको परिवारले उनको शोषण गरिरहेको छ किनभने उनीहरुले अहदको भिडियो इजराइली सेनालाई भड्काउनका लागि प्रयोग गरिरहेको आरोप लगाए ।

सोसल मिडियामा उनकी आमामाथि पनि हिंसा भड्काएको आरोप लगाइएको थियो ।