काठमाडौं–तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर तब्रेज साम्सीले ४–४ विकेट लिएपछि दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिलो वान–डेमा ५ विकेटको जित निकालेको छ ।


ADVERTISEMENT


आइतबार डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनायो । १९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।


ADVERTISEMENT

# # #


यसअघि घरेलु टोली श्रीलंकाका शीर्षक्रमलाई ध्वस्त पार्ने क्रममा रबाडाले ४१ रन खर्चेर ४ विकेट लिएका थिए भने साम्सीले तल्लोक्रमलाई धराशायी बनाउँदै ४ विकेट लिए ।

सुरुआतमै विकेट गुमाएको श्रीलंकाको इनिङ्स सम्हाल्ने क्रममा कुशल पारेरा र थिसारा पारेराले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई केही उकासे ।

कुनै समय ३६ रनमा पाँच विकेट गुमाएको स्थितिमा रहेको श्रीलंकालाई कुशल परेराले ८१ रन बनाएपछि उकासेका थिए । यस्तै थिसारा परेराले ४९ रन जोडेपछि मध्यम स्कोर खडा भएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाको सुरुआत पनि राम्रो हुन सकेन । अफस्पिनर अकिला धनञ्जयले सुरुआतमै दुई विकेट लिँदै घरेलु टोलीलाई खेलमा फर्कने आशा देखाएका थिए । तर, ओपनर क्विनटन डेकक र कप्तान फाफ डु प्लेसिसले समान ४७/४७ रन बनाएपछि जिततर्फ अग्रसर गराए ।

जेपी डुमिनीले ३२ बलमा नटआउट ५३ रन जोड्दै जित पक्का गरे । श्रीलंकाका लागि अकिला धनञ्जयले ३ विकेट लिए ।

यो सँगै पाँच खेलको सिरिजमा अफ्रिकाले १–० को अग्रता लिए छ। अब सिरिज अन्तर्गत दोस्रो खेल बुधबार डम्बुलामै हुनेछ ।