काठमाडौँ– चलचित्र ‘छक्का पन्जा–३’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको उक्त गीत सामबार रिलिज भएको हो ।


ADVERTISEMENT


कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा विन्दु परियार र डेभिड शंकरले स्वर दिएका छन् । लोकलयमा रहेको यस गीतमा दीपक शर्माले संगीत भरेका हुन् । सार्वजनिक गरिएको गीतमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपाश्री निरौला, दिपिका प्रसाई, स्वस्तिमा खड्का, प्रियंका कार्की, वुद्दि तामाङ लगायतलाई देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


दिपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा–३’ दशैँमा रिलिज हुने भनिएको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपाश्री निरौला, दिपिका प्रसाई, स्वस्तिमा खड्का, प्रियंका कार्की, वुद्दि तामाङ, वर्षा राउतको मुख्य अभिनय रहेको छ ।

दीपक र दिपाश्रीको लगानी रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।