काठमाडौँ– पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्डबाट १९० रनको चुनौति पाएको छ ।


ADVERTISEMENT


नेदरल्याण्डको एमस्टेलभिनस्थित भिएरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । नेदरल्याण्डका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन बनाए । पारस खड्काको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट हुनुअघि उनले २ चौका प्रहार गरे । यस्तै बास डी लिडले ३०, स्टेफन माइवर्गले २९, बिन कपुरले २० रन बनाउँदा स्कर्ड इडवार्डले १८ रन बनाए । यस्तै फ्रेड क्ब्लासेनले ११ रन प्रहार गरे ।


ADVERTISEMENT

# # #


यता नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । १० ओभरमा २६ रनमात्र खर्चिए ।  यस्तै सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र वसन्त रेग्मीले समान १/१ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीप सर्वाधिक महंगा साबित भए । १० ओभरमा उनले ४२ रन खर्चिए ।

१९० रनको चुनौति पच्छ्याउँदै नेपालले केही बेरमा ब्याटिङ थाल्दैछ ।