चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा खसेको पहिरोले बिहीबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको छ ।


ADVERTISEMENT


सडक खण्डको घुमाउने र जलबिरेमा बिहान ४ बजे पहिरो खसेपछि दुवैतर्फका सवारी रोकिएका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका– २९, घुमाउनेमा ठूलो पहिरो खसेको छ । ठूला ढुंगा सडकमा खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

उता, इच्छाकामना गाउँपालिका– ६ को जलवीरे पहिराका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ ।