काठमाडौँ– फोटो पत्रकार क्लब (पिजे क्लब)द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ ।


ADVERTISEMENT


फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनी शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकाले फोटो पत्रकारले फोटोमार्फत् त्यस्ता पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसअवसरमा फोटो अफ दि इयर बिजेता नरेन्द्र श्रेष्ठले प्राप्त गरेका एक लाख पुरस्कारमा रू ७० हजार फुदन सदाका परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थपलीयाको परिवारलाई हस्तान्तरण गरेका थिए । रासस