एजेन्सी, काबुल– अफगानस्तानका राजधानी काबुलमा शक्तिशाली कार बम बिष्फोट भएको छ । राष्टरपति भवन र विदेशी दुतावास नजिकै बुधबार बिहान भएको उक्क्त विष्फोटमापरि ४९ जनाले ज्यान गुमाएका छन् भने ३ सय २० जना घाइते भएका छन् ।


ADVERTISEMENT


जनबक स्क्वेयरस्थित जर्मन दूतावास नजिकै भएको कार बम विष्फोटनमा मारिने र घाइते हुनेहरु धेरैजसो सर्वसाधारण भएको बीबीसीले जनाएको छ । बिष्फोटन शक्तिशाली भएको बताइएको छ । धमकाले सयौं मिटर परका घरका झ्याल र ढोकाहरु फुटेको बताइएको छ ।


ADVERTISEMENT

# # #


बिष्फटन स्थानीय समय अनुसार बिहानको ८.२५ मा भएको थियो । यो एकदमै ब्यस्त समय हो । मारिनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन् । यसअघि काबुलमा भएका घटनाहरुको इस्लामिक स्टेट र तालिवानले जिम्मेवारी लिने गरेको थियो ।