काठमाडौं– आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएको छ ।


ADVERTISEMENT


तोकिएको समयमा आयोजना नबन्दा यसको लागत झण्डै दोब्बर पर्ने भएको छ । दश वर्षअघि आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । हाल आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख पुगेको छ ।


ADVERTISEMENT

# # #


यो निर्माण अवधिको ब्याजबाहेकको लागत अनुमान हो । गत वर्ष असारसम्म आयोजनाको निर्माण अवधिको ब्याज १० अर्ब ४७ लाख ४४ हजार रुपैयाँ छ । अहिलेकै अवस्थामा ब्याजसहित आयोजनाको लागत करिब ६० अर्ब पुग्नेछ ।

निर्माण अवधिको ब्याज अझै बढ्ने भएकाले आयोजनाको लागत दोब्बर पुग्न सक्छ । यसको ब्याज आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म ६ अर्ब ७७ करोड ९० लाख थियो । एक वर्षमा ब्याज चार अर्बले बढेको हो । – आजको कान्तिपुरबाट