रोल्पा– रोल्पामा गएराति बन्चरो प्रहार गर्दा १ व्यक्ति घाईते भएका छन् ।


ADVERTISEMENT


रोल्पा नगरपालिका ४ तित्रीकोटमा आफ्नै छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते भएका हुन् ।


ADVERTISEMENT

# # #


राति राति १० बजेको समयमा १५ बर्षीया जानकी रावतले ३७ बर्षीय बुवा भविन्द्र रावतलाई टाउकोमा बन्चरो प्रहार गरेकी हुन् ।

घरायसी बिबादका कारण जानकीले बाबुमाथि बन्चरो प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते रावतको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।