काठमाडौँ– मंगलवार १५ सय मुनि आइपुगेको सेयरबजार बुधवार कारोबारको मध्यसम्म दोहोरो अंकले घटेको भएपनि १ बजेदेखि उकालो लग्ने क्रममा दोहोरो अंकको वृद्धि हासिल गरेर बजार बढेको छ ।


ADVERTISEMENT


बजार १३.६८ अंकले बढेर १६०८ बिन्दुमा उक्लिएको छ । बजारमा खासै सकारात्मक खबर नआएको भएपनि अघिल्लो दिन कारोबार दिनमा कुल ३० अंक बढिले बजार घटेको र बुधवार पहिलो सत्रमा समेत १० अंक घटेपनि कम्पानीहरुको मूल्य न्युन भएको लाभ लगानीकर्ताले उठाएका छन् ।


ADVERTISEMENT

# # #


बजारले १६१२ को उच्च बिन्दु बनाएको भएपनि अन्त्यमा पुनः ४ अंक बजारले गुमाएको छ । बजारलाई सकारात्मक प्रभाव पार्ने खबरहरु खासै आएका छैनन् । यद्यपी सरकारले स्थानीय तहमा जाने बजेट केही दिन पछिबाट नै खर्च गर्न सक्ने अख्तियारी दिएकोले बजारमा पुँजी प्रवाह बढ्ने र यसले बैंकहरुमा देखिएको पुँजी अभाव पनि हल गर्ने आशामा पनि लगानीकर्ता देखिएका छन् ।

तर, बैंकहरुमा अझैपनि निक्षेप बढ्न सकेको छैन र व्याज दर वृद्धिकै क्रममा रहेको छ । सेयर धितोमा नयाँ कर्जा जारी भएको छैन् भने व्याज दर पनि उच्च नै छ । यो परिदृश्यमा सुधार आएपछि भने बजारले स्पष्ट दिशा संकेत गर्न सक्छ ।

हाल केही समय भने बजारमा सामान्य उतार चढाव नै देखिन सक्छ । यस दिन कारोबार रकम ६७ करोडमा सिमित हुनुले पनि बजारको दिशा स्पष्ट हुन नसकेको संकेत गर्छ । यसदिन उत्पादनमुलक बाहेक सबै समूहको परिसूचकमा सुधार देखिएको छ ।

ग्रिन डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी, कर्णाली डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोको सेयरका आकर्षण देखिएको छ ।