गौशाला– सरकारले मुस्लिमको महान् पर्व रमजानलाई मध्यनजर गर्दै स्थानीय तहको दोस्रो निर्वाचनको मिति सारेकोमा महोत्तरीका मुसलमान समुदाय निक्कै खुसी भएका छन् ।


ADVERTISEMENT


एक महिनासम्म दिनभरि भोकै बसेर मुस्लिमले मनाउने रमजान पर्वको बीचमा निर्वाचन भएमा मुस्लिम समुदाय सहभागी नहुने तथा भएपनि उत्साहजनक उपस्थिति नहुने भन्दै विभिन्न जिल्लाका मुस्लिम समुदायले सरकारलाई पटक पटक आग्रह गरेपछि सरकारले मुस्लिमको पर्वलाई मध्यनजर गर्दै निर्वाचनको मिति सारेपछि महोत्तरीको मुस्लिम समुदाय सरकारलाई धन्यवाद दिँदै खुसी भएका छन् ।


ADVERTISEMENT

# # #


आगामी असार १३ गतेका दिन मुस्लिमको रमजान पर्व सकिने र १४ गते उनीहरु उत्साहका साथ स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने भन्दै सरकारले निर्वाचनको मिति सारेकामा उनीहरु निक्कै खुसी भएको जलेश्वर–१२ का मुस्लिम अगुवा जीवछ मोमिनले बताए ।

करीब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको बेला मुस्लिमको महान् पर्व रमजान परेपछि अधिकांश मुसलमान मतदाता मतदानबाट वञ्चित हुने तथा पर्वसमेत खल्लो हुने र दिनभरि भोकभोकै लाइनमा बसेर मतदान गर्न नसकिने चौतर्फी कुरा आएपछि सरकारले निर्वाचनको मिति सारेपछि आउँदो निर्वाचनमा मुस्लिम मतदाता अब उत्साहका साथ उल्लेख्य उपस्थितिमा मतदान गर्ने सिमदहीका मुस्लिम माओवादी नेता आविद हुसैनले बताए ।

अहिले महोत्तरीको विभिन्न गाउँठाउँमा मुस्लिम मतदाता स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने भएको भन्दै खुसी मनाउन थालेका छन् भने कति त चुनाव लड्ने तयारीमा पनि जुटेका छन् ।