काठमाडौं– सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ । सिंहदरबार परिसरमा रहेका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले सिंहदरबार क्षेत्रमा विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।


ADVERTISEMENT


नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुनेछ ।


ADVERTISEMENT

# # #


प्राधिकरणले शनिबारका दिन राजधानीका विभिन्न क्षेत्रमा यसैगरी लोडसेडिङ गर्दै आएको छ ।