काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् ।राष्ट्रपतिको आह्वानसँगै आजैदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ ।


ADVERTISEMENT


संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आह्वान भएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्ति मार्फत यसको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘
‘‘उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।”

विद्यादेवी भण्डारीले सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएसँगै देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्ने छन्। सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रपति भण्डारीले दिएको सात दिनको समयसीमा बुधबार रातीबाट सकिएको थियो।

देउवाका लागि प्रधानमन्त्री हुन आवश्यक बहुमत सत्ता गठबन्धनसँग पर्याप्त देखिन्छ । हाल संसदमा कायम रहेको साँसदको संख्या पाँच सय ९३ छ भने बहुमतका लागि दुई सय ९७ मत आवश्यक पर्नेछ । सत्ता गठबन्धनसँग तीन सय ११ मत छ भने राप्रपाले पनि सरकारमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई सकारात्मक सन्देश दिएको छ । संसदमा राप्रपाको साँसद संख्या ३७ छ । राप्रपा पनि सरकारमा सहभागी भएको अवस्थामा देउवाको पक्षमा तीन सय ४८ साँसद हुनेछन ।