जुम्ला– नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक राधाकृष्ण बुड्थापा आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएपछि जुगाड खोलामा मृत अवस्थामा फेला परेका छन् ।


ADVERTISEMENT


अहिले बुड्थापको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।


ADVERTISEMENT

# # #


नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी गरेका छन् । योगीले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ ।

जुम्ला प्रहरीका अनुसार सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको बताएको छ ।