काठमाडौं– सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ । पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो ।


ADVERTISEMENT


पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ । – आजको अन्नपूर्ण पोस्ट दैनिकबाट


ADVERTISEMENT

# # #