एजेन्सी– प्रियंका निकै लामो समयदेखि अमेरिकी गायक निक जोनाससँगको आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । विभिन्न भारतीय मिडियाले उनले आफ्नो जन्मदिनको मौका पारेर इन्गेजमेन्ट गरेको दाबी गरिरहेका छन् । उनले निकसँग विवाह गर्नका लागि सलमान खानको नयाँ फिल्म ‘भारत’ बाट बाहिरिएको बताइएको छ ।


ADVERTISEMENT


प्रियंकालाई हालै सिंगापुरमा आयोजित निकको कन्सर्टको डान्स गरिरहेको देखिएको थियो । सिंगापुरमा छुट्टी मनाएपछि प्रियंका भारत फिर्ता भएकी छिन् ।


ADVERTISEMENT

# # #


फर्कने क्रममा उनले एयरपोर्टबाट बाहिरिँदै गर्दा लगाइरहेको औंठी फुकालेकी छिन् ।

भास्कर डट कममा प्रियंकाको एउटा भिडियो राखिएको छ । जसमा उनले एयरपोर्टको भिआईपी लाउन्जबाट निस्किरहेका बेला आफ्नो औंठी निकालिन् र त्यसलाई आफ्नो जिन्स पाइन्टको खल्तीमा राखिन् ।

भारतीय मिडियाका अनुसार प्रियंकाले एयरपोर्ट बाहिर भएका क्यामराम्यान देखेपछि आफ्नो औंठी फुकालेकी हुन् । उनले फुकालेको औंठीलाई ‘इन्गेजमेन्ट रिंग’ भनी दाबी गरिएको छ ।

हेर्नुहोस भिडियोः

https://youtu.be/2Hw3AEbhOBQ