काठमाडौँ– इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोली विदाई गरिएको छ ।


ADVERTISEMENT


टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच विदाइ गरेका हुन् । प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र तीन महिला छन् ।


ADVERTISEMENT

# # #


नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

आज प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । यस्तै प्रशिक्षकमा योगेश भट्टराई, सानुबाबु सुनुवार रहेका छन् । यस्तै शैलेन्द्र रावत व्यवस्थापक रहेका छन् ।

टोलिलाई विदाई गर्दै अध्यक्ष श्रेष्ठले उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष धिरेन्द्र प्रधान, सदस्य अशोक बज्राचार्य, निलेन्द्र श्रेष्ठ र सुनिल कुमार श्रेष्ठ लगायतको उपस्थिति रहको थियो ।

प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ । एसियन गेम्समा प्याराग्लाइडिङबाट स्वर्ण पदकको आशा गरिएको छ ।