काठमाडौँ– पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT


झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिइएको हो ।


ADVERTISEMENT

# # #


विश्वकर्मालाई काठमाडौं प्रहरीले चन्दा ऐनअन्तर्गत कारबाही र मुद्दा चलाउने तयारी गरेको परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । विश्वकर्मासँगै उनका चालक र सहयोगी पनि पक्राउ परेका छन् ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला विभिन्न स्थानमा बम विस्फोट गराएको, चन्दा असुली व्यापक बनाएको, धम्की लगायतका उजुरी विप्लव माओवादीका विभिन्न नेता तथा कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा उजुरी पनि छन् । नेपाल प्रहरीले नेकपाका महासचिव विप्लवको समेत खोजी भइरहेको बताउँदै आएको छ ।