काठमाडौं–क्यारेबियन प्रिमियर लिग(सीपीएल) को डेब्यू खेलमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


लिग अन्तर्गत दोस्रो खेलमा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स गुयना एमाजोन वारियर्ससँग ६ विकेटले पराजित भए पनि सन्दिपले व्यक्तिगत उच्च प्रदर्शन गरे ।


ADVERTISEMENT

# # #


आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दीप सबैभन्दा किफायती बलर पनि बने । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भए ।

क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिसको पहिलो खेलमा सन्दीपले गुएना अमेजन वारियर्स विरुद्ध ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । उनले बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए ।

उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन किटङको हातबाट क्याचआउट गराउँदै सिपिएलमा शानदार सुरुवात गरे । पहिलो ओभरमा ३ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोस्रो ओभरमा मात्र १ रन खर्चिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन खर्चिए भने चौथो ओभरमा दोस्रो विकेट लिँदै सनसनी मच्चाए ।

उनले दशौं ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए । आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिए ।

यसअघि सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले पहिले ब्याटिङ गर्दै तुलनात्मकरुपमा कमजोर प्रदर्शन गरेको थियो । निर्धारित २० ओभरको खेलमा उसले ५ विकेट गुमाउँदै मात्र १४५ रन बनाएको थियो । उसका लागि कप्तान क्रिस गेलले गतिलो पारी खेले पनि जिताउन सकेनन् । उनले ६५ बलमा ८६ रनको शानदार पारी खेले पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा पहिलो खेलमै हार व्यहोर्नुपर्‍यो ।

१४६ रनको चुनौती पाएको गुएना वारियर्सले १७ औं ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित दर्ता गर्न सफल भयो ।