काठमाडौं–आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा छैन ।


ADVERTISEMENT


आमाको नामबाट नागरिकता लिने भए बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसको आमाले बाबुको पहिचानबारे स्वघोषणा गर्नुपर्ने छ । गृह मन्त्रालयले यो विधेयक संसद्मा पु(याएको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव वशिष्ठ घिमिरेले आमाको नामबाट नागरिकता पाउने भन्ने स्पष्ट व्यवस्था विधेयकमा नराखेको स्वीकार गरे ।

उनले भने, ‘बुबा नभएमा मात्र आमाको नामबाट नागरिकता पाउने हो । बुबाको पहिचानबारे आमाले यसकारण बाबु छैनन् भन्ने कुरा उल्लेख गर्नुपर्छ ।’ – आजको नयाँ पत्रिकाबाट