चितवन– गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा रहेका नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड अपराधी भएको बताएका छन् ।


ADVERTISEMENT


भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री वादलले प्रकाण्ड पक्राउबारे बोलेका हुन् । ‘प्रकाण्ड वारेन्ट जारी गरिएका व्यक्ति हुन्, गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए, चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो’ नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने ।


ADVERTISEMENT

# # #


प्रकाण्ड अपराधी हुन् भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, ‘निश्चित रुपमा । जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’

बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो नि टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो, अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’

नेकपा विल्लवसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन् त्रण गर्ने नीति लिएको उनले बताए । राजनीतिक रुपमा समाधान खोज्न सम्वादमा आउन सरकारले आह्वान गरेको गृहमन्त्री बादलले बताए ।