एजेन्सी– इन्डोनेसियामा ८३ वर्षे वृद्धले एक युवतीलाई गुफामा थुनेर १५ वर्षसम्म बलात्कार गर्दै आएको खुलेको छ । जिन अमरीन नाम गरेका वृद्धले १३ वर्षकी बालिकालाई गुफामा ल्याएर थुनेको र यौन शोषण गर्दै आएको आरोपमा उनलाई स्थानिय प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


सुलावेसी प्रान्तको गालुम्पांग इलाकाका गुफाबाट उक्त युवतीलाई प्रहरीले गत आइतबार उद्धार गरेको छ । वृद्धले युवतीलाई आफ्नो घर नजिकैको गुफामा राखेर यौन शोषण गर्दै आएका थिए । राति राति घरमा लगेर यौन शोषण गर्ने र दिउँसो चाहिँ गुफामा लगेर राख्ने गरेको पीडित युवतीले बताएकी छिन् ।


ADVERTISEMENT

# # #


वृद्धले भने आफ्नो शरीरमा जवान युवकमा प्रवेश गर्न दाबी गरेका छन् । उनले १५ वर्ष पहिले युवतीलाई अपहरण गरेका थिए । त्यो बेला युवती १३ वर्षकी थिइन् ।

प्रहरीले खिचेको उक्त गुफाको तस्वीरमा गुफाभित्र केही फर्निचरहरू देखिएको छ । १५ वर्ष अगाडी सन् २००३ मा बुद्धले उक्त पिडित युवतीको प्रेमीको तस्बिरहरू देखाएर उनको आत्म आफ्नो शरीरमा प्रवेश गरेको भन्दै बन्दी बनाएको प्रहरीले जनाएको छ । १५ वर्ष अगाडीदेखि वृद्धले आफूसँग यौन सम्बन्ध राखेको पीडितले प्रहरीलाई बताएकि छिन ।

प्रहरीका अनुसार अपहरण गरिएको महिला अपहरण बारेमा थाहा पाएपछि पीडितको बहिनीले छिमेकीलाई जानकारी दिएकी थिइन् ।

पीडितकी बहिनीले उक्त वृद्धको छोरासँग विवाह गरेकी छिन् । अभियुक्त वृद्धले उनका परिवारका सदस्यहरूलाई पीडित युवती जकार्तामा काम गर्न गएको भनी बताएका थिए । अभियुक्त वुद्ध दोषी ठहर भएका १५ वर्ष जेल सजय हुने बताइएको छ ।

बीबीसी हिन्दीको सहयोगमा