काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले ११ वर्षिय बालक निशान खड्कालाई अपहरण गर्नेहरू प्रहरी इन्काउन्टरमै मारिएको दाबी गरेका छन् । शुक्रबार भरतपुरमा संवाददाताहरूसँग कुराकानी गर्दै गृहमन्त्री थापाले प्रहरी कारबाही ‘फेक इन्काउन्टर’ नभएको बरू गलत प्रचार गरिएको जिकिर गरे ।


ADVERTISEMENT


‘सरकारले आफ्नो पोजिसन पारी सकेको छ, प्रहरीले २४ घन्टामा अपहरणकारीलाई निस्तेज पार्ने काम गरेको छ,फेक इन्काउटरबारे केही हल्लाहरू भएका छन्’ गृहमन्त्री थापाले भने,‘सरकारले आफ्नो दायित्व सफलतापूर्वक निभाएको छ ।’


ADVERTISEMENT

# # #


गत सोमबार भक्तपुरको सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि खड्काको अपहरण गर्ने अजय र गोपाल तामाङको मृत्यु भएको थियो । प्रहरीले उनीहरू इन्काउन्टमा मारिएको दाबी गर्दै आएको छ ।

स्थानीयवासीले भने उनीहरूलाई प्रहरीले कोठाबाट जंगलमा लिई गोली हानेको बताएका छन् । यसअघि बिहीबार गृहमन्त्री थापाले इन्काउन्टरबारे छानबिन हुने बताएका थिए ।