काठमाडौँ– विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।


ADVERTISEMENT


कार्यतालिका अनुसार शनिबार ११ बजे देखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारीको समय तोकिएको छ। त्यस्तै शनिबार नै ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। प्रधानमन्त्रीको चयनका लागि आइतबार ११ बजेदेखि निर्वाचन हुने भएको छ ।


ADVERTISEMENT

# # #


आइतबार उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामा माथि सामूहिकरुपमा छलफल हुने र एकसाथ निर्णायार्थ प्रस्तुत गरिने कार्यतालिकामा उल्लेख छ।

भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधकै कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत पढेर सुनाउन सकिएको थियो ।

विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान लिएको छ । र, उसले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने बताएको थियो ।

तर, सत्तारुढ दलहरुले भने सूचना टाँसेर भएपनि प्रक्रिया सुरु गर्नु पर्ने बताए ।