काठमाडौं– हालै स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस आएका पोर्चुगिच स्टार रोलान्डोले युभेन्टसबाट डेब्यू गरेका छन् ।


ADVERTISEMENT


युभेन्टसबाट रोनाल्डोले प्रतिस्पर्धामा डेब्यु गर्न बाँकी नै छ । तर उनले मैत्रीपूर्ण खेलमा भने युभेन्टसबाट डेब्यु गरेका हुन् ।


ADVERTISEMENT

# # #


रोनाल्डोले आइतबार साँझ भिलार पेरोसामा भएको युभेन्टस ए र युभेन्टस बी बिचको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका हुन् । नयाँ सिजन सुरू हुनुअघि हरेक वर्ष युभेन्टस ए र बी ले मैत्रीपूर्ण खेल खेल्ने गरेको छन् ।

युभेन्टसबाट रोनाल्डो खेल्ने भएपछि भिलार पेरोसामा युभेन्टस हजारौ समर्थकको ओइरो लागेको थियो ।

मेत्रीपूर्ण खेलको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै खेलमा अग्रता दिलाए । युभेन्टस ए ५–० ले विजयी भयो । तर युभेन्टसका समर्थकले रोनाल्डोलाई मैदानमै घेरेपछि खेल ७२ मिनेटमै रोक्नु परेको थियो ।

सन् १९५५ देखि हुँदै आएको मैत्रीपूर्ण खेलकै बेला समर्थक मैदानमा दौडिने परम्परा रहेको छ । आइतबारको खेल हेर्नका लागि भिलार पेरोसा पुग्ने अधिकांशले रोनाल्डोको जर्सी लगाएका थिए ।

दर्शकहरूले मैदानमै पुगेर रोनाल्डोसहित युभेन्टसका खेलाडीलाई घेरे । रोनाल्डोसँग तस्बिर लिए । मैदानमा अधिकांश दर्शकले रोनाल्डोलाई घेरेपछि खेल रोक्नु परेको हो ।

हेर्नुहोस् तस्बिरमाः

 

 

हेर्नुहोस हाईलाईट:

https://youtu.be/dyHrMUul4JI