काठमाडौं । सोना थापा मगर भन्ने एक केटीले चिठी लेखेरै काठमाडौं चण्डेश्वरी स्थित पवित्र समाज सेवा नेपालबाट डेढ लाख रकम सहित त्यहाँ आश्रित एक बालिका लिएर फरार भएको भन्दै महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा उजुरी परेको छ ।


ADVERTISEMENT


केही हप्ता अघि मात्रै आमा खोज्दै आएको बताउने अन्दाजी २२ बर्षकी मगरले आँफूले पैसा चोरेको र पवित्र समाज सेवाकी १३ बर्षिय बालिका अँकिता नेपाललाई समेत लिएर कहिल्यै नआउने गरी मध्यरातमा भागेको भन्दै लेखिएको चिठी समेत आश्रममा फेला परेको छ ।


ADVERTISEMENT

# # #


संस्थाकी अध्यक्ष दिक्षा चापागाईले आश्रित ५० भन्दा बढी बालबालिकाहरुलाई छोराछोरी भन्दै संबोधन गर्ने गर्छिन । आमा बाबु तथा परिवारका कुनै पनि सदस्य नभएका बेसहारा बालबालिकाहरुको संरक्षण गर्ने क्रममा अँकितालाई करिब ३,४ महिनाको उमेर हुँदा नै बिकट जुम्लाबाट काठमाडौं ल्याएर दिक्षाले छोरी बनाएर पालन पोषण, शिक्षा, स्वास्थ्य र आश्रय दिँदै आएकी थिईन ।

संस्थाकी अध्यक्ष नभएको समय पारेर सोना भन्ने केटीले छोरी अँकितालाई फकाई फुल्याई पैसा समेत लिएर भागेकोले भेट्नुहुने जोकोहीले पवित्र समाज सेवा नेपाल या नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनका लागि आग्रह गरिएको छ ।

सोनाले लेखेको चिठी…

प्रहरीमा गरिएको उजुरी

सोना थापा मगरको हालसालै खिचिएको तस्बिर