काठमाण्डौं । काँग्रेसका प्रत्यक्ष निर्वाचित साँसद एवं पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमले मधेशबादी दलहरूलाई देश जोडेर राजनीति गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिँदै साँसद आलमले तराई मधेश तथा हिमाल पहाड सबैको प्रतिनिधित्व हुने गरि राजनीतिक छाती ठूलो बनाउन सुझाब दिएका छन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसको ईतिहास नै सबै नेपाली र सिँगो देश झल्काउने विशाल राजनीतिक अभ्यास रहेको बताउँदै आलमले देश बनाउने हो भने मधेशबादी लगायत अन्य दलहरूले समेत काँग्रेसको एजेन्डामा साथ दिनुपर्ने उनको भनाई छ ।

सिमा, समानुपातिक प्रतिनिधित्व लगायत मधेश र मधेशका जनताको माग र आवश्यकतालाई काँग्रेसले सही रूपमा बुझेको बताउँदै आलमले मधेशका दलहरूलाई पहाड र हिमाल तिर समेत उक्लन र देश जोड्ने काँग्रेसको राजनीतिमा साथ दिन आग्रह समेत गरेका छन् ।