जनकपुर– सशस्त्र प्रहरी थमन विकको हत्याका आरोपी समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवम् महोत्तरी जिल्ला संयोजक समेत रहेका शर्मा पार्टीकै सुझावका आधारमा आज अदालतमा हाजिर भएका थिए ।


ADVERTISEMENT


उच्च अदालत जनकपुरले साउन १५ गते राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई खोजी गरिरहेको थियो ।


ADVERTISEMENT

# # #


प्रहरीले खोजी गरिरहेको बेला उनी काठमाडौमा थिए । राजपा नेपालले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि राज्यमन्त्री शर्मालाई अदालतमा हाजिर गराएको छ । हाजिर भएपछि उनीसँग घटनाको बारेमा अदालतले बयान लिएको थियो ।

बयानपछि महोत्तरी जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएको थियो ।

बहसमा शर्माको तर्फबाट देवेन्द्र ठाकुर, ज्ञानेन्द्रलाल कर्ण र रमेश पाण्डे बहसमा सहभागी थिए भने सरकारको तर्फबाट सुदिप दंगाल सहभागी थिए । बहसपछि शर्मालाई साधारण तारेखमा रिहा गरिएको छ ।