कञ्चनपुर– भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ ।


ADVERTISEMENT


बर्सेनि दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षतिसमेत गर्न थालेपछि नेकपा (माओवादी केन्द्र)का बिना मगरको पहलमा विद्युतीय तारबार गरिएको हो ।


ADVERTISEMENT

# # #


तारबारका लागि शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट रु पाँच लाख, स्थानीय किसानको रु एक लाख ५० हजार र जनजागरण सामुदायिक वन उपभोक्ता समूहको रु ५० हजार गरी जम्मा रु सात लाखको बजेटमा सोलार प्यानल, इन्भर्टर र तार खरिद गरी माओवादी कार्यकर्ताको श्रमदानमा विद्युतीय तारबार राख्ने कार्य पूरा गरिएको निर्माण समितिका अध्यक्ष तुलसिंह सुनारले बताए । तारबार गरिएपछि हात्ती नियन्त्रणमा टेवा पुग्ने उनले बताए ।