काठमाडौं–नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बिहिबार बिहान एकै ओभरमा दुई विकेट लिएका छन् ।


ADVERTISEMENT


टस जितेर पहिले बलिङ गरेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सका लागि सन्दिपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट लिए ।


ADVERTISEMENT

# # #


सीपीएलको आफ्नो तेस्रो खेलमा सन्दिपले लिगको शीर्ष स्थानमा रहेको जमैका टाल्लावासविरूद्ध चारै ओभर बलिङ गरेका हुन् ।

खेलको पाँचौ ओभरमा बलिङ गर्ने आएका सन्दिपले पहिलो ओभरमा एक छक्कासहित १० रन खर्चिए । यस्तै सातौ ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दिपले २ विकेट लिनुका साथै ८ रन खर्चिए ।

उनले सातौ ओभरको दोस्रो बलमा के लुइस र एम म्याकार्थीलाई आउट बनाए ।

१३औं ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गरेका सन्दिपले मात्र १ रन खर्चिए ।

१५औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका लामिछानेले ३ रन खर्चिए ।

पहिलो सात बलमा १६ रन खर्चिएका सन्दिपले बाँकी १७ बलमा ५ रन मात्र खर्चिएर २ विकेट लिएका हुन् ।

यो सन्दिको सिपिएलमा पाँचौ विकेट हो ।

यो सँगै पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको छ। सन्दिपको टिमले केही बेरमा ब्याटिङ थाल्दैछ ।